युरोकप : रोनाल्डोको सानदार प्रदर्शनमा पोर्चुगलको जित

युरोकप अन्तर्गत आज भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको छ ।

हंगेरीको बुडापेस्टमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गुरेरो एक गोल गरे ।

पोर्चुगलले निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा पहिलो गोल गरेको थियो ।

राफा सिल्भाको पासमा राफेल गुरेरोले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार हंगेरीका डिफेन्डर विली ओर्बानलाई ठोकिएर गोलमा परिणत भएको थियो ।

त्यसको तीन मिनेट नबित्दै राफा सिल्भामाथि हंगेरीका डिफेन्डरले पेनाल्टी एरियामा फाउल गरेपछि पोर्चुगलले स्पटबाट अग्रता दोब्बर पार्ने मौका पाएको थियो ।

सोही मौकाको सदुपयोग गर्दै स्टार फरवार्ड रोनालेडोले युरोपियन फुटबल च्याम्पियनसिपको इतिहासकै महत्त्वपूर्ण गोल गरे । ८५ मिनेटसम्म सम्हालिएको हंगेरीले अन्तिमको १० मिनेट सम्हालिन नसक्दा तीन गोल खायो ।

इन्जुरी समयमा रोनाल्डोले पुन: गोल गर्दै साविक विजेताका लागि ३-० को जित सुनिश्चित गरे ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..