फ्रान्स र हंगेरी १–१ को बराबरीमा रोकिए

युरोकप फुटबलअन्तर्गत शनिबारको पहिलो खेलमा फ्रान्सले हंगेरीसँग१–१ को बराबरी खेल्दै अंक बाँडेको छ। पुस्कास रंगशाला हंगेरीमा सम्पन्न खेलमा पहिलो अग्रता हंगेरीले लिएको थियो। हंगेरीका एट्टिल्ला फोइलाले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाएका थिए।

फ्रान्सका एन्टोनिओ ग्रीजमनले खेलको ६६ औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए। प्रतियोगिताको यसअघिको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..