ब्राजिलका फरवार्ड जेससलाई अर्जेन्टिना विरुद्धको खेलमा प्रतिबन्ध

ब्राजिलियन फरवार्ड गाब्रियल जेससले कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्न नपाउने भएका छन्। दक्षिण अमेरिकी फुटबल महासंघले दुई खेल प्रतिबन्ध लगाउने निर्णय गरेसँगै जेससले अर्जेन्टिनाविरुद्धको फाइनल खेल्न नपाउने भएका हुन्।

चिलीका एउगेनियो मेनाको मुखमा खुट्टाले प्रहार गरेपछि जेससले सिधा रातो कार्ड पाएका थिए। उनले पेरूविरुद्धको सेमिफाइनल खेल गुमाएका थिए। पेरुविरुद्धको सेमिफाइनल खेलपछि फुटबल महासंघले जेससमाथि दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जसका कारण उनले अर्जेन्टिनाविरुद्धको फाइनल गुमाउने पक्का भएको हो। ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिका २०२१ को उपाधिका लागि आगामी आइतबार विहान प्रतिस्पर्धा हुँदैछ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..