युरोकप २०२० : जर्मनीसँग पोर्चुगल ४-२ ले पराजित

जर्मनीले १६ औं संस्करणको युरोकप फुटबलमा पोर्चुगलमाथि सानदार जित निकालेको छ । जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे ।

जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे । पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए ।

जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो । यस्तै रोनाल्डोको यो १ सय ७ औं अन्तराष्ट्रिय गोल हो । जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो । समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..