ह्यारी केन र लुका मोड्रिच आमनेसामने हुँदै : कसले मार्ला बाजी ?

युरोकप २०२० अन्तर्गत आज पनि तीन खेल हुँदैछन् । इंग्ल्याण्ड र क्रोएसियाबीच खेल नेपाली सयम अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । खेल लण्डनस्थित वेम्वली मैदानमा हुनेछ । इंग्ल्याण्डले आजसम्म युरो कप जित्न सकेको छैन। २०१८ को विश्वकपमा फाइनल पुगेको क्रोएसिया युरोकपमा पनि त्यही लय दोहोर्‍याउन चाहन्छ । फरवार्ड ह्यारी केनको कप्तानीमा रहेको इंग्लिस टिममा युवा तथा प्रतिभाशाली खेलाडी छन् । उता क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

यस्तै अष्ट्रेलिया र नर्थ मेसेडोनियाबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । खेल रोमानियाको बुखारेस्टस्थित नेसनल स्टेडियममा हुनेछ । नर्थ मेसेडोनिया पहिलो पटक युरो कप खेल्दैछ । नेदरल्याण्ड र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । खेल नेदरल्याण्ड्सको घरेलु मैदान योहान क्रफ एरेनामा हुनेछ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..