युरोको पहिलो सेमिफाईनल आज : इटाली र स्पेनमा कसले मार्ला बाजी ?

युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आजको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटालीले बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले हराएको थियो ।

तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो । इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..