युरोकपको तेश्रो चरण सुरु : इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्दै

१६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरोकप युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको छ । आज दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।

रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।

वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ । अर्को खेल स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९:४५ बजे नै सुरु हुनेछ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..