नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सको पोल्टामा

नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सले जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले समूह चरण र प्ले अफमा व्यहोरेको हारको मिठो बदला मात्र लिएन, उपाधि पनि उचाल्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो। जितसँगै काठमाडौंले ३५ लाख नगर पुरस्कार हात पारेको छ। उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझायो।

काठमाडौंको जितमा विदेशी खेलाडी मैसोके ओलुमोउलेले एकमात्रै निर्णायक गोल गरे। खेलको २१औं मिनेटमा धनगढीका विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा ओलुमोउले गोल गरेका थिए। कुल ८ गोल गरेर उनी प्रतियोगिताको सबैभन्दा बढी गोल गर्ने खेलाडी समेत बनेका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..