लिभरपुलले कर्मचारी कटौती गर्ने

Leverpoo

लिभरपुलले आफ्ना खेलाडीबाहेक केही कर्मचारीलाई निश्चित समयको बिदा दिएर घर पठाउने भएको छ ।

जागिरबाट बिदा पाउने ती कर्मचारीले क्लबमार्फत केही नपाए पनि सरकारको रोजगारी सुरक्षा योजना अन्तर्गत ८० प्रतिशत तलब पाउन सक्नेछन् ।

कोरोना भाइरसको प्रभावका कारण लिभरपुल आर्थिक संकटमा परेपछि यस्तो निर्णय गरेको हो । अहिले कोरोनाका कारण युरोपका अधिकांश क्बलहरु आर्थिक संकटमा छन् ।

प्रिमियर लिगबाहेक क्लबमा खेलाडीको तलब कम गरेर अन्य कर्मचारीलाई शतप्रतिशत तलब दिने योजना बनिरहँदा लिभरपुलले भने कर्मचारी निस्कासन सुरु गरेको हो । तर, लिभरपुलको यस्तो निर्णयको विरोधहरु पनि भइरहेको छ ।

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..