लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहलाई कोरोना संक्रमण

msalah covid

लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाह कोरोना भाइरसबाट संक्रमित भएका छन् । अन्तर्राष्ट्रिय खेलका लागि इजिप्टको टिममा रहेका सालहमा संक्रमण पुष्टि भएको हो ।

इजिप्टको फुटबल एसोसिएसन (इएफए) ले शुक्रबार वक्तव्य जारी गरेर २८ वर्षका साहलमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण भने नदेखिएको जनाएको छ । उनको दोस्रो परीक्षण गर्दा पनि संक्रमण देखिएको हो ।

सलाह अहिले आइसोलेशनमा छन् र उनले लिभरपुलबाट आउँदा दुई खेल गुमाउने भएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..