३ खेल अगाडी नै सिटीले जित्यो इंग्लिस प्रिमियर लिग

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जिन्ते पक्का भएको छ । पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले पछिल्लो चार सिजनमा तेस्रोपटक लिग उपाधि जितेको हो ।

दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएपछि तीन खेल बाँकी हुँदै म्यानचेस्टर सिटीको उपाधि पक्का भएको हो ।

पराजित भएको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३५ खेलबाट ७० अंक छ । अब बाँकी तीनै खेल जित्ने र शीर्ष स्थानको म्यानचेस्टर सिटीले तीनै खेल गुमाए पनि उपाधिमा कुनै असर पर्ने छैन । म्यानचेस्टर सिटीको ८० अंक छ । तेस्रो स्थानको लेस्टर सिटीको ३६ खेलबाट ६६ अंक भएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..