डेब्यू खेलमै म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोको दुई गोल

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले डेब्यू खेलमै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ। घरेलु मैदान ओल्ड ट्राफर्डमा शनिबार न्युकासल युनाइटेडविरुद्ध भएको खेलमा युनाइटेडले ४–१ को जित हात पारेको हो।

युनाइटेडका लागि रोनाल्डोले दुवै हाफमा एक/एक गोल गरेका थिए। रोनाल्डोले पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। मेसन ग्रिनवुडको प्रहार गोलरक्षक फ्रेडी वुडम्यानले रोकेपछि आएको रिबाउन्डमा रोनाल्डोले सहजै गोल गरेका थिए।

५६औं मिनेटमा पाहुना टोलीले खेल बराबरीमा ल्यायो। काउन्टर अट्याकमा जाभिएर मान्किलोले गोल गरे। एलन सेन्ट माक्सिमिनको पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए। त्यसको ६ मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे। लुक शाको पासमा रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो। ८०औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। पउल पोग्बाले दिएको पासलाई नियन्त्रणमा लिँदै डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

इन्ज्युरी समयको दोस्रो मिनेटमा जेसे लिंगार्डले पोग्बाको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै युनाइटेडलाई ४–१ को जित दिलाए। जितसँगै युनाइटेड ४ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..