मेस्सीको सुन्दर फ्रि–किक गोलका बाबजुद बराबरीमा रोकियो अर्जेन्टिना

कोपा अमेरिका अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको छ । अर्जेन्टिना र चिलेले १–१ को बराबरी खेलेका हुन् । ३३ औँ मिनेटमा लियोनल मेस्सीले फ्रि–किक मार्फत सुन्दर गोल गरे । मेस्सीले अर्जेन्टिनाका लागि अहिलेसम्म ७३ गोल गरेका छन् ।

५७ औँ मिनेटमा चिलीका लागि एडुआर्डो भार्गासले हेड मार्फत गोल गरे । त्यसपछि चिलीले पेनाल्टी पाएको थियो । तर अटुरो भिडालले पेनाल्टीमा गोल गर्न सकेनन् । खेल सुरु हुनुअघि म्याराडोनाको सम्झनामा आतिवाजी गरिएको थियो । उनको गएको नोभेम्बरमा निधन भएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..