मेस्सीको कप्तानीमा अर्जेन्टिनाले उचाल्यो कोपा अमेरिकाको उपाधी

कोपा अमेरिका फुटबलको उपाधी अर्जेन्टिनाले उचालेको छ । माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले १-० गोलको अग्रतामा जित पक्का गरेको हो । यो संगै अर्जेन्टिनाले आफ्नो २८ वर्षे उपाधीको खडेरी तोडेको छ । हालसम्म उरुग्बे र अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा अमेरिका जितेका छन् ।

खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो । अर्जेन्टिना लिजेण्ड खेलाडी मेस्सीको कप्तानीमा रहेको छ । उनी कोपा अमेरिकाको सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..