नवयुग र अञ्जनको गोलमा नेपालको जित

अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको छ ।

जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । अञ्जनको गोलसँगै पहिलो हाफमा १-० अग्रता लिएको थियो ।

निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे । जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..