नेपाल र भारत आज भिड्दै, कसले मार्ला बाजी?

मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ ।

यसअघि शुक्रबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए ।

अन्जन विष्टले आयोजक नेपाललाई अग्रता दिलाएपनि दोस्रो हाफमा अनिरुद थापाले भारतका लागि गोल फर्काएका थिए । दुबै टोलीले आजको खेल जित्ने लक्ष्य राखेका छन् ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेल बराबरीमा सकिएपछि माफी माग्दै दोस्रो खेलमा जित निकाल्न चाहेको संकेत गरिसकेका छन् ।

नेपाल–भारत मैत्रीपूर्ण फुटबलः नेपालले गर्‍यो पहिलो गोल

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..