राष्ट्रिय फुटबल प्रशिक्षकद्वारा राजिनामा घोषणा : एन्फा उपाध्यक्षको किचकिच प्रमुख कारण

नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले सम्झौता अवधि बाँकी रहँदै राजीनामा दिने घोषणा गरेका हुन्।

उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन्।

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कपका ३ गरी कुल ४ खेल खेलेको थियो। जसमा १ मात्रै जित हासिल भएको थियो। विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउँदा अस्ट्रेलिया र जोर्डनसँग पराजित भएकाे थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..