पोग्बा र रोनाल्डो साट्नेबारे युनाइटेड र युभेन्टसको छलफल

म्यानचेस्टर युनाइटेडले क्रिष्टियानो रोनाल्डोलाई फिर्ता ल्याउने प्रयास गरिरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

रोनाल्डोलाई इटालियन क्लब युभेन्टसबाट ल्याउने प्रयासमा युनाइटेड रहेको एक्सप्रेसले उल्लेख गरेको छ । ३६ वर्षका रोनाल्डोलाई ल्याउनका लागि युभेन्टसकलाई आफ्ना २८ वर्षे मिडफिल्डर पउल पोग्बा दिने तयारीमा म्यानचेस्टर युनाइटेड रहेको खबरमा उल्लेख छ ।

इटालियन पत्रिका गाजेट्ता डेलो स्पोर्टको दाबी अनुसार पोग्बा पाएमा रोनाल्डो दिन युभेन्टस पनि रहेको छ। इटालियन सिरी ए फुटबलमा यो सिजन युभेन्टसले राम्रो गर्न नसकेपछि रोनाल्डोको भविष्यलाई लिएर शंका पैदा भएको छ ।

युभेन्टसले अरु टिमको खेलमा भर पर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो भन्दा अगाडी युभेन्टसले लगातार ९ पटक सिरी ए जितेको थियो

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..