रामोसले छाडे रियल मड्रिड : मार्सेलो नयाँ कप्तान

सर्जियो रामोसले १६ वर्षपछि क्लव छाड्ने निर्णय गरेसँगै उपकप्तान रहेका ब्राजिलियन मार्सेलोको काँधमा कप्तानीको जिम्मेवारी आएको हो। मार्सेलो रियलको २८औं कप्तान हुनेछन्। मार्सेलोले रियलमा १५ वर्ष बिताइसकेका छन्।

सन् २०१५ मा एकर कासिलासले क्लव छाडेपछि रियलले सर्जियो रामोसलाई कप्तानी दिएको थियो। मार्सेलोले टोलीको कप्तानी सम्हाल्ने भएपछि फ्रान्सेली फरवार्ड करिम बेन्जेमा टोलीको उपकप्तान हुनेछन्।

सन् २०१५ पछि रामोसले टोलीको कप्तानी सम्हालेपछि रियले १२ वटा उपाधि जितेको छ। उनकै कप्तानीमा रियलले सन् २०१६, १७ र १८ मा लगातार तीन सिजनमा च्याम्पियन्स लिग उपाधि उचालेको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..