रोनाल्डोले कोका कोलाको बोतल हटाउँदा शेयर बजारमा ४ बिलियन डलर घाटा (भिडियो)

क्रिस्टियानो रोनाल्डोले युरोकपको पत्रकार सम्मेलनमा कोका कोलाको बोतल हटाएको विषय अहिले चर्चामा रहेको छ । यो विषय चर्चामा हुनुको कारण रोनाल्डोले पत्रकार सम्मेलनमा बोल्नु अघि टेबुलबाट कोकको बोतल हटाएपछि यसको असर युरोपको सेयर बजारमा देखिएको छ । सो घटनापछि कोकले सेयर बजारमा ४ बिलियन डलर बजार मुल्य गुमाएको छ । कोकाकोला युरोकपको औपचारिक विज्ञापन पार्टनर हो। युरोकपका आयोजकले रोनाल्डोको यस कार्यको बारेमा केही बताएको छैन। कोकाकोलाले पनि यस विषयमा बोलेको छैन।

हंगेरीको खेलअघि सोमबार भएको पत्रकार सम्मेलनमा बोल्नु अघि रोनाल्डोले कोकको बोतल हटाएर पानीको बोतल देखाउदै पिउनु ठिक भएको बताएका थिए । रोनाल्डोको यस सानो कदमले कोकलाई भने ठुलो असर गरेको देखिएको छ । सो घटनाअघि कोकको सेयर मुल्य युरोपमा ५६.१ डलर रहेकोमा पत्रकार सम्मेलन सकिने बेलासम्म घटेर ५५.२ डलर पुगेको थियो । सेयर बजारमा कोकले १.६ प्रतिशत गुमाएपछि कुल बजार मुल्य ४ बिलियन डलर गुमाएको थियो ।

सो घटनापछि कोकले पनि प्रतिक्रिया दिदै सबैको आआफ्नो प्राथमिकता हुने बताएको छ । कोकका प्रवक्ताले युरोकपको पत्रकार सम्मेलनमा खेलाडीलाई पानी र जिरो सुगर भएको कोक दिइने बताउदै हरेकको स्वाद र आवश्यकता फरक हुनसक्ने बताएका छन् । मार्काका अनुसार रोनाल्डोले आफ्नो टेबलको दुईवटा कोकको बोतल हटाएर कोकको साटो पानी पिउन संकेत गरेपछि कोकाकोलालाई नराम्रो प्रभाव परेको हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..