सर्जिओ अग्युरो बार्सिलोनासँग अनुबन्धित हुने

सर्जिओ अग्युरो बार्सिलोनासँग अनुबन्धित हुने प्रक्रियाको अन्तिम चरणमा रहेको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले बताएका छन् ।

३२ वर्षका अग्युरोले यो सिजनको अन्त्यसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी छोड्दै छन् । उनले सिटीबाट ३८९ खेलमा २६० गोल गरिसकेका छन् ।

गार्डिवलाले बिबिसीसँग कुरा गर्दै अग्युरो बार्सिलोना जाने तयारीमा रहेको खुलाएका हुन् । सिटीको घरेलु रंगशालामा अग्युरोले आइतबार राति अन्तिम खेल खेले । उनले एभर्टनमाथि ५–० को जित निकाल्ने क्रममा दुई गोल गरे ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..