पीएसजीमा अनुबन्धित हुँदै सर्जियो रामोस

स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित हुने भएका छन् । आरएमसी स्पोर्ट्सले रामोस र पीएसजीबीच सहमति भएको जनाएको छ ।

रामोस र पीएसजीबीच दुई वर्षको सम्झौता हुने बताईएको छ । रामोसले जुन महिनाको अन्त्यसँगै रियल छाडेका थिए । रामोसले १६ वर्ष क्लबमा बिताएर रियल छाडेका थिए । सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।

उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् । रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते । जसमा उनले १ सय १ गोल र ४० असिस्ट गरेका छन् ।

फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् । कोपा डेल रे दुई पटक जितेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..