पेनाल्टीमा चुक्दा पोल्याण्डसँग बराबरीमा रोकियो स्पेन

युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ । स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो । सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले कामीलको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरेका हुन् ।

खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..