स्पेनसँग गोलविहिन बराबरीमा रोकियो पोर्चुगल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार राति मड्रिडमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न नसकेका हुन् । युरोकप विजेता पोर्चुगलविरुद्ध स्पेनले गोलको धेरै अवसर सिर्जना गरे पनि सफल हुन सकेन ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका केही प्रहार पनि सफल हुन सकेनन् । फिफा विश्वकप छनोटमा ब्राजिलले इक्वेडरविरूद्ध सहज जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २-० गोलले हराएको हो । ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले एक/एक गोल गरे ।

६५औँ मिनेटमा रिचार्लिसन र इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को जित दिलाएका हुन् । विश्वकप छनोटमा लगातार पाँचौं जित निकालेको ब्राजिलले ५ खेलमा १५ अंक जोडेको छ । ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ । इक्वेडर ९ अंकसहित तेस्रो स्थानमा छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..