युरोकपः स्पेन पहिलो खेलमा जितबिहीन, पोल्याण्ड स्लोभाकियासँग पराजित

उपाधि दाबेदारका रुपमा रहेको स्पेनले युरोकप फुटबलमा विजयी सुरुवात गर्न सकेन। समूह ई मा रहेको स्पेनले सोमबार राति भएको खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको हो। सेभिल्लामा भएको खेलमा स्पेनले खेलको अधिकांश समय बलमा नियन्त्रण कायम गरे पनि गोल भने गर्न सकेन ।

अर्को खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ ले पराजित गरेको छ। स्लोभाकियाले एक गोल उपहारमा पायो भने अर्को एक गोल आफै गरेको हो । पोल्याण्डले एक गोल फर्कायो भने एक खेलाडी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..