स्विडेनलाई पराजित गर्दै युक्रेन युरोकपको क्वाटरफाइनलमा

स्विडेनलाई पराजित गर्दै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक/एक गोल गरे । स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए । रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए ।

खेलको ९८ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए । युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड जर्मनीलाई २-० ले हराएर यस अघि नै अन्तिम आठमा पुगिसकेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..