टोटनह्याम पराजित, च्याम्पियन्स लिगबाट बाहिरियो

Tottenham

च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा मंगलबार राति भएको खेलमा इंग्लिस क्लब टोटनह्याम पराजित भएको छ ।प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसँग ३–० ले पराजित हुँदै टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलमा लेईपजिगका लागि मार्सेल सबित्जरले दुई तथा इमिल फोर्सवर्गले एक गोल गरेका थिए ।

पहिलो लेगको खेलमा लेईपजिगले १–० को अग्रता बनाएको थियो । समग्रमा ४–० को नतिजा सहित लेईपजिग क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..