११ गोल हान्दै युरोपा लिगको उपाधि भिल्लारियलले जित्यो : म्यानचेस्टर युनाइटेड स्तब्ध

स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो । भिल्लारियलको इतिहासमा उसले पहिलोपटक प्रमुख उपाधि उचालेको हो ।

निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। भिल्लारियलका लागि २९ औँ मिनेटमा मोरेनो तथा म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एडिन्सन काभानीले गोल गरेका थिए । दुवै तर्फबाट थप गोल हुन नसकेपछि भएको टाइब्रेकरमा भिल्लारियल ११–१० ले विजयी भयो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..