विश्वकप छनोट खेल्न नेपाली टोली कुवेत प्रस्थान

footbal team
फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट खेल्न नेपाली राष्टिको दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कुवेत प्रस्थान गरेको छ ।

भदौ १९ गते कुवेतविरुद्ध खेल्ने नेपाली टोली आइतबार बिहानै कुवेत प्रस्थान गरेको हो । नेपालभन्दा तुलनात्मक रुपमा बलियो रहेको कुवेतसँगको खेलमा नेपालले कम्तिमा पनि अंक खोस्ने लक्ष्यसहित कुवेत उडेको हो ।

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेमजोङले गर्नेछन् । नियमित कप्तान विराज महर्जन टोलीमा नहुँदा यसअघिका उपकप्तान चेमजोङले नेतृत्व गर्नेछन् । त्यस्तै, नेपाली टोली कुवेतबाट चाइनीज ताइपेइविरुद्धको खेलका लागि ताइवान जानेछ । नेपालले ताइपेइसँग भदौ २४ गते खेल्नेछ ।

नेपाली टोली
गोलकिपर :किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर ;सरोज दहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर: सुनिल बल, रवि पासवाङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

Kantipath Media

यो छुट्टाउनु भो कि..