annapurna add

shanti news

नेपाल उमा कुङफु संघ जिल्ला कार्यसमिति दोलखाले आज वैत्यश्वर गाउँपालीका स्तरीय कुङफु संघ गठन गरेको छ। पेरिस राज गिरी को संयोजकत्वमा भएको भेलामा वैत्यश्वर गाउँपालीका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यमा र नेपाल उमा कुङफु संघ जिल्ला कार्यसमिति दोलखाका अध्यक्ष ऋतिक राज गिरी (शान्ति)को विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम ले विजय गिरी को अदक्ष्यता नौ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यक्रममा खेलकुद प्रेमि सामाजसेवी तथा राजनैतिक दलको प्रतिनिधित्व थियो।

उक्त भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिवालय सदस्य रामचन्द्र कार्की, नेकपा वैत्यश्वर गाउँपालीका सदस्य पुण्य प्रसाद घिमिरे, वैत्यश्वर उमावि खेलकुद शिक्षक अष्टकुमार लामा, नेपाल उमा कुङफु संघ जिल्ला सदस्य गोविन्द वुढाथोकी, खेलकुद प्रेमी कुमार थापा लगायतका आतिथ्यता थियो।अध्यक्ष विजय गिरी, उपाध्यक्ष मनोज वस्नेत, सचिव, भुमिका घिमिरे, कोषाध्यक्ष ज्योति राज गिरी, सदस्यहरुमा रोशन दाहाल, परशुराम रिमाल, सरोज लामा, भरत राउत लगायत छन । गाउपालीका अध्यक्ष छवि लामाले नेपाल उमा कुङफु संघ वैत्यश्वर लाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...