Hidden
शिव कोइराला : जनयुद्धको कमान्डर, तेक्वान्दो खेलाडी हुँदै राखेपको उपाध्यक्षसम्म
शिव कोइराला ज्वाला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त भएका छन्। खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को मंगलबारको बैठकले उपाध्यक्षमा कोइरालालाई नियुक्त गरेको हो। राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका ज्वाला स्याङ्जा भिरकोट वडा नम्बर ७ निवासी हुन्।
कोइराला अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सहसंयोजक हुन्। २०५४ सालमा पूर्णकालिन माओवादी छापामार भएका शिव कोइराला ज्वाला तत्कालिन काठमाडौं YCL Nepal का संस्थापक अध्यक्ष पनि हुन्। सैन्य पृष्ठभूमि हुँदै शान्ति प्रक्रियालगत्तै काठमाडौंको वाइसिएल नेतृत्व गरेका उनी पहिलैदेखि तेक्वान्दोका खेलाडी हुन्। पश्चिमका विभिन्न लडाईहरुमा कमाण्डर भएर भुमिका निर्वाह गरीसकेका तत्कालीन भ्याली एस.टि.एफको भुमिका पनि निभाएका थिए।
उनले १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्रचार प्रसार विभागको संयोजकका रुपमा भूमिका निर्वाह गरेका थिए। नेकपाका शालिन सोच भएका युवा नेताको रुपमा पनि चिनिने कोइराला हाल नेकपा पार्टी प्रदेश कमिटी सदस्य तथा नेकपाका काठमाडौं क्षेत्र नम्बर ७ ख का इञ्चार्ज छन्।
प्रकासित मिति