Hidden
आर्मी र सशस्त्र भिड्दै
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ प्रतिस्पर्धा गरिरहेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रन बनाएको छ।
आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए। यस्तै राजेश पुलामीले २८, शाहव आलमले २५, लोकेश बमले १५, सुशान भारी र रोहित पौडेलले समान १३ तथा अनिल मण्डल र बिक्रम शोवले ११–११ रन बनाए।
बलिङतर्फ एपीएफका अविनाश बोहराले चार, किशोर महतोले २, शरद भेषवाकर, भुवन कार्की र कमल ऐरीले एक–एक विकेट लिए। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै प्लेयर अफ दि सिरिजले ५० हजार र उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार रुपैयाँ पाउनेछन्।
प्रकासित मिति
Loading...
Loading...
Loading...