annapurna add

anfakarma

अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्ग र सदस्य दावा लामाको जिम्मेवारी हेरफेर गरिदिएको छ । एन्फाले बुधबार जिम्मेवारी खोस्दै नयाँ नियुत्ती गरेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार अध्यक्ष कर्माछिरिङ शेर्पाले गरेको पछिल्लो निर्णयले पदपूर्ती समिति बाट नेम्वाङको भुमिका सकिएको छ । यस्तै नेम्वाङ्गको सदस्य समन्व्य समितिको संयोजकको भूमिका पनि टुंगीएको छ । फुटसल कमिटिका संयोजक दावा लामालाई पनि जिम्मेबारीबाट निकाल्दै नयाँ नियुक्ती गरिएको छ ।

एन्फाले यसअघि नेम्वाङले निर्वाह गरेका दुई भुमिकामा अलगअलग नियुत्ती गरेको छ । शिक्षित पराजुलीलाई पदपूर्ती समिति र उपाध्यक्ष वीरबहादुर खड्कालाई सदस्य संस्था समन्व्यको जिम्मेवारीमा तानिएको एन्फाले जानकारी दिएको छ । यस्तै, फुटसल कमिटिमा रतनकुमार श्रेष्ठले नयाँ जिम्मेवारी पाएका छन् । पछिल्लो समय नियमित विवादमा आइरहने एन्फामा नेम्वाङ्ग र लामाको फरक धार थियो । उनीहरुले अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वविरुद्ध फरकमत राखिरहेका थिए ।

नेम्वाङ सोमबार बोलाईएको आपतकालीन कमिटिको बैठकमा र मंगलबार बोलाईएको कार्यसमिति बैठकमा समेत स्वास्थ्यका कारण अनुपस्थित थिए । नेतृत्वलाई असहयोग भएको भन्दै अध्यक्ष शेर्पाले उनीहरुको जिम्मेवारी खोस्ने निर्णय गरेको स्रोतले बताएको छ । आफुलाई सहयोग गरे त्यसको रक्षा गर्ने तर लोकतान्त्रिक व्यवस्थामा फरक मत राखेकै आधारमा कारबाहीको दम्भ देखाउनु शेर्पाको तानाशाही पन भएको टिप्पणी हुन थालेका छन् । लामो समय गणेश थापाको थिचोमिचो सहेका शेर्पामा पनि त्यहि प्रवृतिको पुनरावृत्ति भयो एन्फाका एक सदस्यले कान्तिपथसंग भने 'दास स्वतन्त्र भएपछि मालिकको नक्कल गर्छ भन्थे हो रहेछ' ।

यता वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने एन्फाले प्रतिशोधको भावना बोकेर निर्णय लिएको अभिव्यक्ति दिए । उनले विधान विपरित गएर एन्फाले अन्याय गरेको पनि बताए । ‘निर्णय सुन्दा आश्चर्यमा परें । यसमा हाम्रो घोर आपत्ति छ । एन्फाको विधानअनुसार स्थायी समितिको कार्य अवधि ४ वर्ष हुन्छ भन्ने स्पष्ट छ । केन्द्रीय समितिले नियुक्त गर्ने हो तर हटाउने प्रावधान छैन । हामीले आजपनि विगतका दिनझैं पारदर्शी, सामुहिक नेतृत्वको कुरा लगातार उठाईरहेका छौं, तर अहिले पनि नेतृत्वले तानाशाही ढंगले आफ्नै हिसाबमा एन्फा चलाइरहेको आभास भएको छ,’।

‘अहिलेको नेतृत्वले विधिको शासनको उल्लङ्घन गरेको छ । हामीलाई प्रतिशोधको नजरले हेरेर निर्णय लिइएको हो । हामीले काम गरेको छैन भन्ने हो भने प्रश्न उठाउनु पर्छ । हामीलाई सिधै कारवाही गर्नु न्यायोचित भएन,’ नेम्वाङले थपे । शेर्पा प्राय विवादमा आउने व्यक्ति हुन्, केहि समय अघि मधेशका मान्छेमा राष्ट्रियताको भावना कम हुन्छ भनेर गरेको उनको टिप्पणी मा निकै आलोचना भएको थियो । उनको राजिनामाको माग गर्दै थुप्रै जिल्लाका एन्फा अध्यक्षले ज्ञापनपत्र बुझाएका थिए । उनको राजिनामाको माग प्रधानमन्त्री केपी ओलीको कानसम्म पुगिसकेको छ ।

शेर्पाको आचरण र नियतमाथि प्रश्न उठाउदै एन्फाका एक जिल्ला अध्यक्षले भने 'एन्फामा थुप्रै आर्थिक अनियमितता भएको छ, त्यसको भण्डाफोर हुने डरले शेर्पाले आफु निकट लाई काखी च्याप्दै आएका छन् भने आफ्नो आलोचना गर्नेमाथि किम जोङ्ग शैलीमा प्रस्तुत हुन खोजेका छन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर