annapurna add

Erling Braut Haaland scored for Borussia Dortmund as they marked the return of the Bundesliga during the coronavirus outbreak

कोरोना भाइरसको महामारीका कारण रोकिएको जर्मन बुण्डेस लिगा फुटबल पुनः सुरु भएको छ । झण्डै १० हप्ताको कोरोना ब्रेकपछि बुण्डेस लिगाका खेलहरु शनिबार रातिदेखि सुरु भएका हुन् ।

कोरोना भाइरसको महामारी कमजोर हुँदै गएपछि पुनः सुरु हुने प्रमुख लिग बनेको छ जर्मन बुण्डेस लिगा । बन्द रंगशालामा भएको खेलमा बोरुसिया डर्टमुण्डले एफसी शाल्केलाई ४–० ले पराजित गरेको छ । बोरुसियाको जितमा राफायल गेहेइरोले दुई तथा आर्लिङ ब्राउट होल्याण्ड र थोर्गन हजार्डले एक–एक गोल गरे ।

२९ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै होल्याण्डले कोरोना भाइरसको महामारीकाबिच भएको खेलमा बोरुसियालाई सुरुवाति अग्रता दिलाए । गेहेइरोले ४५ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा बोरुसियाले २–० को अग्रता लियो । दोस्रो हाफको सुरुमै अर्थात ४८ औँ मिनेटमा हजार्डले गोल गरे ।

गेहेइरोले ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बोरुसिया डर्टमुण्डले ४–० को जित निश्चित गरेको हो । खेल बोरुसियाको मैदानमा भएको हो । रंगशालामा खेलाडी र खेलपदाधिकारी बाहेक कोहि पनि थिएनन् । उपस्थित सबैलाई दुई मिटरको दूरीमा राखिएको थियो । जितपछि दोस्रो स्थानको बोरुसियाको २६ खेलबाट ५४ अंक भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर