annapurna add

English Premier League 1992 To 2020

च्याम्पियन लिभरपुलले संघर्षपूर्ण जितसहित इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु गरेको छ। लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा शनिबार राति लिभरपुलले बढुवा भएर आएको लीड्स युनाइटेडलाई ४–३ ले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सालहले ह्याट्रिक गरे भने भर्जिल भान डीजेकले एक गोल गरे । लीड्सका लागि ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र मातेउस्ज क्लिचले एक–एक गोल गरे ।

लिभरपुलका सालहले चौथो र ८८ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । उनले ३८ औँ मिनेटमा पनि गोल गरे । सालह सन् १९८८–८९ को सिजन यता प्रिमियर लिगको सिजनको पहिलो खेलमै ह्याट्रिक गर्ने लिभरपुलको पहिलो खेलाडी हुन् ।

डीजेकले २० औँ मिनेटमा गोल गरेका हुन् । लीड्सका लागि १२ औँ मिनेटमा ह्यारिसन, ३० औँ मिनेटमा बामफोर्ड र क्लिचले ६६ औँ मिनेटमा गोल गरेका हुन् । १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लीड्सले च्याम्पियन लिभरपुललाई कडा टक्कर दिए पनि जित निकालन सकेन ।

मिकेल आर्तेताको टिम आर्सनलले शानदार जितसहित इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु गरेको छ। लिगएको पहिलो खेलमा शनिबार राति अवे मैदानमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गरेको हो। आर्सनलको जितमा एलेक्सान्डर लाकाजेटी, गाब्रियल र पिएर एमरिकले गोल गोल गरे ।

यो खेलमा चेल्सीबाट यहि सिजन आएका विलियनले दुई गोलका लागि सहयोग गरे । विलियनको सहयोगमा आठौँ मिनेटमा लाकाजेटीले गोल गरे । गाब्रियलले ४९ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे ।

विलियनको सहयोगमा पिएर एमरिकले ५७ औँ मिनेटमा गोल गरेपछि आर्सनलले ३–० को जित निश्चित गरेको हो। एफए कप र कम्युनिटी सिल्ड जितेर आएको आर्सनलले यो सिजन प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्ने उद्देश्य लिएको प्रशिक्षक आर्तेताले बताएका छन् ।

 

प्रकासित मिति

 
 
Loading...