annapurna add

Kylian Mbappe and Cristiano Ronaldo

विश्व विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगलले नेशन्स लिगमा जित निकाल्न सकेनन्। केलियन एमबाप्पे र क्रिष्टियानो रोनाल्डो आइतबार राति भएको खेलमा गोल गर्न असफल भए । घरेलु मैदानमा भएको खेलमा विश्व विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् । समूह ए थ्री मा रहेका यी दुई टिमको खेलमा गोल गर्ने प्रयास दुवै तर्फबाट भएको थियो । बराबरीपछि तीन खेलबाट सात अंकसहित पोर्चुगल शीर्ष स्थानमा तथा सात अंक नै भएको फ्रान्स दोस्रो स्थानमा छन् ।

सन् २०१६ को युरोकपमा जित निकालेको मैदानमा यसपटक भने फ्रान्सलाई पराजित गर्न सकेन । रोनाल्डोले राष्ट्रिय टिमबाट गरेको गोलको खातामा १०१ गोलमा अर्को गोल जोड्न सकेनन् । एमबाप्पेले गोल गर्ने राम्रा मौका बनाए र त्यसमा आफ्नो खेल कौशल प्रदर्शन गरे । तर गोल गर्न भने सकेनन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...