annapurna add

ब्राजिलका महान फुटबलर पेलेले आफ्नो थुप्रै महिलाहरुसँग सम्बन्ध रहेको र ती महिलाहरुको संख्या बिर्सिइसकेको बताएका छन् । नेटफ्लिक्समा रिलिज हुन गइरहेको पेलेको डकुमेन्ट्रीमा उनले आफ्नो जीवनका कैयौ पक्षहरुबारे कुरा गर्दैछन् ।

article 2225524 158DF440000005DC 711 1024x615 large८० वर्षका यी फुटबलरले आफ्ना सम्बन्ध निकै क्याजुअल भएकोले अहिले आफ्ना कति छोराछोरी छन् भन्ने पनि थाहा नभएको बताएका छन् ।

द सनको रिपोर्टअनुसार पेलेले आफ्ना गर्लफ्रेण्ड र पत्नीहरुलाई यी सबै कुरा थाहा हुने बताएका छन् । मोडल मारिया डा ग्रेसाले १७ वर्षको उमेरमा पेलेसँग डेट गर्न सुरु गरेकी थिइन् । अहिले ५६ वर्षकी यी मोडलले पेलेसँगको यो सम्बन्धलाई खुला सम्बन्ध भनेकी थिइन् ।

पेलेले जीवनमा तीन पटक बिहे गरेका थिए । यी तीन पत्नीबाट उनका ७ सन्तान छन् । यी ७ सन्तानमध्ये सान्द्रा मेकाडो पनि छिन् । सन् १९९६ मा अदालतले सान्द्र पेलेकै छोरी भएको फैसला सुनाएको थियो । तर, पेलेले भने सान्द्रालाई छोरी मान्न अस्वीकार गर्दै आएका छन् । रिपोर्टका अनुसार सान्द्रा पेले र उनको घरमा घरेलु काम गर्ने महिलाकी छोरी हुन् ।

१९६६ मा पेलेले २५ वर्षको उमेरमा रस मेरीसँग बिहे गरेका थिए । पेलेका छोरा एडिन्हो ठूलो हुँदा ड्रग्सको गम्भीर समस्याबाट जुधिरहेका थिए । २०१७ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ ।

पेलेको पहिलो विवाह १८८२ मा टुंगिएको थियो । १२ वर्षपछि पेलेले गायिका एसिरियासँग बिहे गरे । २००८ मा यी दुईको पनि सम्बन्धविच्छेद भयो । पेले अहिले साओ पाउलोमा ४८ वर्षकी श्रीमती मार्सियासँग बस्छन् । उनले २०१६ मा मार्सियासँग बिहे गरेका हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...