annapurna add

Cristiano Ronaldo dedicated Juventus record extending ninth successive Serie A title to the fans 3

यभुेन्टसले लिग अन्तर्गत आइतबार राति भएको खेलमा साम्पदोरियालाई पराजित गरेर दुई खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले १० खेलाडीमा सीमित भएको साम्पदोरियालाई २–० ले पराजित गरेको हो । पहिलो हाफको इन्जुरी समयको सातौँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरी युभेन्टसलाई सुरुवाति अग्रता दिलाएका छन् ।

उनले यो सिजन लिगमा ३१ गोल गरिसकेका छन् । ६७ औँ मिनेटमा फेदेरिको बेर्नार्देस्कीले गोल गरी अग्रता दोब्बर पारे । ७७ औँ मिनेटमा थोर्स्बी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि साम्पदोरिया १० खेलाडीमा सीमित भएको थियो ।

माउरिजिओ सारीको टिम युभेन्टस युरोपका शीर्ष पाँच लिगमा एक मात्र त्यस्तो टिम हो जसले लगातार नौ सिजन लिगको उपाधि जितेको छ । गएको जुनमा लगातार आठौँ सिजन बुण्डेस लिगाको उपाधि जितेर बार्यन म्युनिखले युरोपको कीर्तिमानमा बराबरी गरेको थियो । तर युभेन्टसले नवौँ सिजन उपाधि जितेर एकल कीर्तिमान बनाएको छ ।

रोनाल्डो गोल्डेन बुटको होडमा केही पछि परेका छन् । लाजिओका किरो इमाबोलीले ३४ गोल गरिसकेका छन् । रोनाल्डो भने ३१ गोलमा छन् । ३५ वर्षका रोनाल्डोले कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग जुन २० देखि सुरु भएयता १० गतोल गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...