annapurna add

1563560661 066216 1563561120 noticia normal recorte1

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड शानदार जितसहित युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ को दोस्रो लेगमा बुधबार राति अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले पराजित गरेर समग्रमा ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा पुगेको हो । पहिले लेगमा युनाइटेड ५–० ले विजयी भएको थियो ।

बुधबार राति भएको दोस्रो लेगमा पछि परेको युनाइटेडले पुनरागमन गरी जित दर्ता गरेको हो । एलएएसकेका लागि ५५ औँ मिनेटमा कप्तान फिलिप विइसिन्जरले गोल गरेर सुरुवाति अग्रता दिलाए । त्यसको दुई मिनेटपछि जेसी लिङ्गार्डले गोल गरेर म्यानचेस्टर युनाइटेडका लागि । ८८ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गरेसँगै दोस्रो लेगमा युनाइटेड २–१ ले विजयी भयो ।

सेमिफाइनल प्रवेशका लागि युनाइटेडले एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्ने छ । इस्थानबुल बासाक्सेहिरलाई समग्रमा ३–१ ले पराजित गरेर कोपनहेगनले पनि अन्तिम ८ मा स्थान बनाएको छ।

इन्टर मिलान पनि युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको भएको छ । अन्तिम १६ को अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानले गेटाफेमाथि २–० को जित दर्ता गरेको हो ।

इन्टरले पहिलो हाफमा एक तथा दोस्रो हाफमा थप एक गोल गरेको हो । ३३ औँ मिनेटमा रामेलु लुकाकुले गोल गरेर इन्टरलाई सुरुवाति अग्रता दिलाए । यस्तै ८३ औँ मिनेटमा क्रिष्टियन एरिक्सनले गोल गरेर इन्टरलाई २–० को जित दिलाएका हुन् ।

पहिलो लेग कोरोना भाइरसको महामारीका कारण रद्द भएकाले दोस्रो लेगकै खेलबाट इन्टर मिलान अन्तिम ८ मा पुगेको हो । उसले सेमिफाइनल प्रवेशका लागि बायर लेभरकुजन वा रेन्जरको सामना गर्ने छन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...