annapurna add

Nathan Ake

म्यानचेस्टर सिटीले बोर्नमाउथका सेन्टर–ब्याक डिफेन्टर नाथन आकेलाई अनुबन्धित गरेको छ। नेदरल्याण्डसका नाथनलाई सिटीले ४० मिलियन पाउण्डमा अनुबन्धित गरेको हो । उनले सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् । २५ वर्षका नाथनले पेप गार्डिवलाको टिमबाट खेल्नु सपना रहेको र अब त्यो सपना पूरा हुने बताएका छन् ।

यो समरमा सिटीले अनुबिन्धत गरेका उनी दोस्रो खेलाडी हुन् । यसअघि पेपको टिमले भ्यालेन्सियाका वेङ्गर फेरान तोरेसलाई २१ मिलियन पाउण्डमा क्लब भित्र्याएको थियो । इटालियन क्लब इन्टर मिलानले एलेक्स सान्चेजलाई स्थायी रुपमै क्लबमा राख्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा इन्टर मिलान गएका सान्चेजलाई इटालियन क्लबले स्थायी रुपमा अनुबन्ध गर्न लागेको हो । ३१ वर्षे सान्चेज गएको वर्षको अगस्टमा एक सिजनका लागि लागि लोनमा इन्टर गएका थिए । इन्टरबाट सबै प्रतियोगितामा गरेर २९ खेल खेलेका उनले चार गोल गरेका छन् ।

इन्टरले सान्चेज युरोपा लिगको क्वाटरफाइनलमा उपलब्ध हुने गरी अनुबन्धन प्रक्रिया सक्ने तयारी गरेको छ। सन् २०१८ मा आर्सनलबाट म्यानचेस्टर युनाइटेड आएका सान्चेजले ४५ खेलमा मात्रै पाँच गोल गरे । युनाइटेडमा राम्रो गर्न नसकेका उनले इन्टर मिलानमा भने राम्रो गरिरहेका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर