Hidden
रियल मड्रिडको पेजमा नेपाली फ्यान, रंगोली राख्दै तिहारको शुभकामना
च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको बिजेता स्पेनिस जाईण्ट क्लब रियल मड्रिडले हिन्दुहरुको महान पर्व दिपावलीको शुभकामना ब्यक्त गरेको छ । नेपालस्थित आफ्नो आधिकारिक फ्यान क्लब 'PENA MADRIDISTA EVEREST ले आयोजना गरेको मैत्रीपुर्ण फ़ुट्सल र सोहि फ्यान क्लबले रंगाएको रियल मड्रिडको रंगोलीको फोटो राख्दै क्लबले तिहारको शुभकामना दिएको हो ।
आधिकारिक फेसबुक क्लबमा ११ करोड भन्दा धेरै फ्यान भएको मड्रिड संसारकै सफल र उत्कृष्ट क्लबहरु मध्ये एक हो । फुटबलको माध्यमबाट अन्तराष्ट्रिय भाईचारा स्थापना गर्ने उद्देश्यले फ्यान क्लब खोलिएको र यसैको माध्यमबाट थुप्रै सामाजिक काम गरिएको र गर्न सकिने फ्यान क्लबका कार्यसमिति सदस्य सुमन मार्को तिवारीले बताए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...