annapurna add

1569310945 447431 noticia normal

युरोपका शीर्ष लिगमा यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने क्रिष्टियानो रोनाल्डोको सपनामा गम्भीर धक्का लागेको छ । इटालियन सिरी ए फुलटबल अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डोले गोल गर्न सकेनन् ।

अवे मैदानमा भएको खेलमा उपाधि विजेता युभेन्टर काग्लिएरीसँग २–० ले पराजित यो । उपाधि पक्का गरेपछिको खेलमा युभेन्टस पराजित भएको हो ।

घरेलु टोली काग्लिएरीका लागि लुका गाग्लिएनोले आठौँ तथा जिओभानी सिमेओनीले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफमा पनि युभेन्टसले गोल गर्न सकेन । यो सिजन लिगमा ३१ गोल गरिसकेका रोनाल्डोका लागि बुधबार रातिको खेल भने निराशाजनक रह्यो ।

युरोपियन गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका रोनाल्डो लाजिओका स्ट्राइर चिरो इमोबिलेसँग प्रतिस्पर्धामा छन् । रोनाल्डो चिरो भन्दा चार गोलले पछि रहेका छन् । चिरोले लिगमा सिजनको ३५ औँ गोल बुधबार राति लाजिओले ब्रेसियालाई २–० ले पराजित गर्ने क्रममा गरेका हुन्।

सिरी ए फुटबलको यो सिजनको एक मात्र खेल बाँकी हुँदा चिरो युरोपका प्रमुख लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा रहने एक मात्र खेलाडी हुन् । उनले बुण्डेस लिगाको यो सिजनमा ३४ गोल गरेका रोर्बट लेवान्डोस्कीलाई पछि पारेका छन्।

यस्तै चिरो सिरी ए को एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पर्नबाट एक गोल मात्रै पछि छन् । सन् २०१५–१६ को सिजनमा गोन्जालो हेगुइनले नापोलीका लागि ३६ गोल गरेका थिए ।

यस्तै ब्रेन्टफोर्डले पहिलो लेगमा भोगेको हारलाई उल्ट्याएर दोस्रो लेगमा शानदार जित निकाली प्रिमियर लिगमा बढुवा हुनका लागि च्याम्पियनसिप क्लबबिचको प्ले–अफको फाइनलमा स्थान बनाउन सफल भएको छ ।

बुधबार राति भएको प्ले–अफ सेमिफाइनलको दोस्रो लेगमा स्वान्सी सिटीमाथि ३–१ को जित निकाली समग्रमा ३–२ को जितसहित प्ले–अफ फाइनलमा पुगेको हो ।

पहिलो लेगमा स्वान्सी सिटी १–० ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा ब्रेन्टफोर्डका लागि ११ औँ मिनेटमा वाट्किन्स, १५ औँ मिनेटमा मार्कोन्डेस तथा ४६ औँ मिनेटमा एमबेउमोले गोल गरेका हुन् ।

स्वान्सी सिटीका लागि ब्रेव्स्टरले ७८ औँ मिनेटमा एक गोल फर्काए पनि हार टार्न सकेनन् । अब प्रिमियर लिगमा बढुवा हुनका लागि ब्रेन्टफोर्डलाई एक खेल अर्थात प्ले–फाइनलमा जित चाहिन्छ ।

प्ले–अफ फाइनलमा छिमेकी फुलह्याम वा कार्डिफ सिटीको सामना गर्ने छ आउँदो अगस्ट ४ मा । पहिलो लेगमा २–० को अग्रता लिएको फुलह्यामले बिहीबार राति प्ले–अफ सेमिफाइनलको दोस्रो लेगमा कार्डिफको सामना गर्दैछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...