annapurna add

1176760 1176760 SPAIN 6 0 GERMANY FEATURED 840x470

जर्मनीमाथि शानदार जित दर्ता गरि स्पेन युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा स्थान बनाउन सफल भएको छ । मंगलबार राति भएको समूह ए फोर अन्तर्गतको खेलमा स्पेनले जर्मनीमाथि ६–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

स्पेनका लागि फेरान टोरेसले खेल जीवनकै पहिलो ह्याट्रिक गरे । उनले ३३, ५५ र ७१ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै अल्भारो मोराटाले १७ औँ, रोड्रीले ३८ औँ तथा मिकेल ओयार्जाबाले ७१ औँ मिनेटमा गोल गरेपछि स्पेन ६–० ले विजयी भएको हो ।

जितपछि समूहको शीर्ष स्थानमा पुगेको स्पेन जर्मनीको सपना टुटाएर फाइनल्समा पुग्न सफल भएको हो । नेशन्स लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा लात्भियाले एन्डोरालाई ५–० तथा मोन्टेनेग्रोले साइप्रसलाई ४–० ले पराजित गरेका छन् ।

यस्तै माल्टा र फारोइ आइल्याण्ड तथा जिब्रालटार र लिचेस्टाइनले १–१ र लग्जेम्बर्ग तथा अजरबैजानले गोल रहित बराबरी खेलेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...