एसएसपीको फुली लाएको २ दिन मै जागिर जाँदै: यस्तो छ कारण !

गत साता सिफारिस भएका नेपाल प्रहरीका आठ एसपीको एसएसपीमा बढुवा भएको छ। सिफारिस उपर उजुरी नपरेपछि मंगलबार बढुवा भएको हो । बढुवा हुनेहरुमा विकासराज खनाल, सुदीपराज भण्डारी, एसपी अनुराग कुमार द्विवेदी, राजेन्द्रसिंह खड्का, योगेन्द्र पाल, टिकाबहादुर केसी, धुव्रराज राउत र भोला रावलको बढुवा भएको हो ।

उनीहरुलाई कार्यवहाक प्रहरी महानिरीक्षक निरज शाहीले दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको महासभामा सहभागी हुन टर्की गएकाले कार्यवहाक आइजिपीले फुली लगाउन लागेका हुन् ।

बढुवा हुनेमध्ये सुदीप राजभण्डारी फुली लगाएको दुई दिनपछि नै अवकाश हुने भएका छन् । ५५ वर्षे सेवाहदका कारण उनले जागिर अवधि २८ वर्षमै अवकाश पाउन लागेका हुन् । इन्सपेक्टरबाटै भर्ना भएका उनी जागिरको उत्तरार्धमा एसएसपीमा बढुवा भए । कमजोर कार्यक्षमता र पटक पटकको कारबाहीका कारण उनी बढुवामा सधैं पछि परेका हुन् ।

प्रहरी नियमावली–२०७१ को नियम १२७ मा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ५५ वर्षमा सेवाबाट स्वतः अवकाश पाउने व्यवस्था छ । उनी २०२३ साल मंसिर १० जन्मिएका हुन् । २०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०७२ फागुन १९ मा एसपीमा बढुवा भएका थिए । १ नम्बर प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा कार्यरत राजभण्डारी २ नम्बरमा बढुवा सिफारिसमा परेका छन् ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..