एसएसपी खत्रीले पाए अवकास

  • 2 months अगाडि

नेपाल प्रहरीका एक एसएसपीले अवकाश पाएका छन् । एसएसपी नरबहादुर खत्रीले आइतबारदेखि अवकाश पाएका हुन् । एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । डिआइजीमा बढुवा भएको भए उनको जागिर अझै डेढ वर्ष लम्बिने थियो ।

उनीसहित अवकाश पाउन लागेका केही एसएसपीहरु डिआइजीको दरबन्दी थप्ने प्रयासमा लागेका छन् । त्यसका लागि प्रहरी प्रधान कार्यालयले गृहमा पत्राचार समेत गरेको थियो । तर, दरबन्दी थपको निर्णय हुन नसक्दा खत्रीले अवकाश पाएका छन् ।

अन्य एसएसपीहरु हरिराज वाग्ले, मोहन आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह लगायतले पनि उमेरहदका कारण अवकाश पाउन लागेका छन् । उता गुप्तचरबाट आएका एसपीहरुको जोडबलमा एसएसपीको पनि दरबन्दी थप्ने प्रयास भइरहेको छ ।