अखिल क्रान्तिक्रारी पालुङटार संयोजकको दुर्घटनामा मृत्यु

माओबादी केन्द्र निकट अखिल क्रान्तिक्रारी पालुङटारका संयोजक सुर्वण देवकोटाको आज दुर्घटनामा परि निधन भएको छ । तनहुँको डुम्रे बेसीशहर सडक खण्डमा बसले देवकोटा सवार स्कुटीलाई ठक्कर दिदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिकाको–४ निवासी २४ वर्षिय विद्यार्थी नेता देवकोटाको बाईसजग्गारबाट डुम्रे जाँदै दुर्घटनामा पर्नुभएको हो । बाइसजग्गारमा ना ६ ख ९१३४ नम्बरको यात्रु वसले र सोही दिशाबाट यात्रा गरिहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र वसका चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..