इङल्याण्डलाई हराउँदै न्युजिल्याण्ड विश्वकपको फाईनलमा

इङल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डले टी २० विश्वकपको फाइनल यात्रा गरेको छ । ड्यारेल मिट्चेले ७३ रनको शान्दार पारी खेल्दा १ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले अन्तिम एक ओभर बाँकी छँदै पूरा गर्यो । अन्त्यतिर निकै बिस्फोटक देखिएका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

मार्टिन गुप्टिल ४ र कप्तान केन विलियमसन ५ रनमा आउट भएपछि सुरूदेखि नै न्युजिल्यान्ड दबाबमा थियो । तर, खेलको अन्त्यतिर जेम्स निसाम र मिट्चेलले ४० रनको साझेदारी गर्दा न्युजिल्यान्डले राम्रो कमब्याक गर्यो । ईयोन मोर्गानले क्याचआउट गर्नुअघि निसामले ११ बलमा ३ छक्का र १ चौकासहित २७ रन बनाएका थिए । न्युजिल्यान्डको जितमा डिभोन कनवेले पनि ४६ रनको योगदान गरे !

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..