अधिवक्ता लक्ष्मी थापाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । अधिवक्ता लक्ष्मी थापाले दोहोरो सुविधा लिएको आरोपमा अख्तियारमा उजुरी परेको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएकी थापाले काठमाडौँ जिल्ला अदालत र सिन्धुपाल्चोक जिल्ला अदालतबाट दोहोरो सुविधा लिएको आरोप लागेकाे हाे ।
प्रमाणपत्र नम्बर–१६८५१ थापा सिन्धुपाल्चोक जिल्ला अदालतको वैतनिक वकिल हुन् । रा.प तृतीय शाखा अधिकृत सरहको तलब सुविधा लिने गरी उनी त्यहाँ २०७९ चैत २५ मा नियुक्त भएकी थिइन् ।
काठमाडौँ जिल्ला अदालतमा २६ वटा मुद्दामा प्रतिवेदन दिएर उनले रकम लिएको जिकिर गर्दै उजुरकर्ताले दोहोरो सुविधा लिएको घटनामा छानबिन र अनुसन्धान गर्न माग गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा...