संस्मरण: माया, पीडा र पुनर्जन्म
प्रेमको कुनै निश्चित समय वा उमेर हुँदैन रहेछ । यस्तैगरी, जब माया कसैप्रति गहिरो बन्दै जान्छ, तब त्यसले व्यवहार, बानी–व्यवहार, सोच्ने तरिका, यहाँसम्म कि सपना र लक्ष्यमा समेत प्रभाव पार्दो रहेछ । जब म कक्षा ७ मा पढ्दै थिएँ, मलाईसँगै पढ्ने वहाँ मन पर्न थालेछ ।
दिन त जसरी पनि कट्थ्यो, तर उहाँको एक झल्को देखेपछि मात्र दिन बितेको जस्तो लाग्थ्यो । दिन प्रतिदिन उहाँको मात्र याद आउँथ्यो । उहाँलाई मात्र हेरिरहन मन लाग्थ्यो । त्यति मात्र होइन, उहाँ मनपर्न थालेपछि उहाँलाई हेर्न पाइन्छ भने पनि स्कूल आउन मन लाग्थ्यो ।
दिनहुँ स्कूल आउँदा–आउँदा म आफैंमा धेरै परिवर्तन आइसकी छु । मैले कहिल्यै नपाएको पुरस्कार...