विमानमा एयरहोस्टेसले दिएका केही खान नमानेका यात्री विमानस्थलबाटै पक्राउ
काठमाडाैं । उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु प्रहरीकाे फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।
जेद्दाबाट नयाँदिल्लीसम्म करिब साढे ५ घण्टासम्म एयर इन्डियाको उडानका क्रममा ती यात्रुलाई एयरहोस्टेसले पटकपटक पानीदेखि खानासम्म ‘अफर’ गरेकी थिइन् । ती यात्रुले केही पनि खान अस्वीकार गरे ।
त्यसपछि एयरहोस्टेसले विमानका क्याप्टेनलाई ती यात्रुको बारेमा जानकारी गराइन् । सोही अनुसार विमानका क्याप्टेनले ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी)मार्फत सुरक्षा निकायलाई यसबारे जानकारी गराए ।
भारतीय सञ्चारमाध्यमका...